काठमाडौँ । भारतको बिहारमा आज दोस्रो र अन्तिम चरणको विधानसभा निर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान तालिका भएकाले मतदाता मतदानमा सहभागी हुँदैछन् । १२२ सिटका लागि १ हजार ३ सय २ उम्मेदवार चुनावीमैदानमा छन् ।
३ करोड ७० लाखभन्दा बढी मतदाता मतदानमा सहभागी हुने अपेक्षा गरिएको छ। तीमध्ये १ करोड ७५ लाख महिला छन् । ४५ हजार ३ सय ९९ मतदान केन्द्रमा मतदान व्यवस्था मिलाइएको छ । ४० हजार ७३ मतदान केन्द्र ग्रामीण क्षेत्रमा छन् ।
नवादा जिल्लाको हिसुआ क्षेत्र सबैभन्दा बढी मतदाता भएको भूगोल हो । यहाँ मात्रै ३.६७ लाख मतदाता छन् । त्यस्तै लौरिया, चनपटिया, रक्सौल, त्रिवेणीगंज, सुगौली र बनमखी निर्वाचन क्षेत्रहरूमा प्रत्याशीको संख्या सबैभन्दा बढी अर्थात् २२–२२ जना छन् । बिहारमा मतदानका कारण नेपालमा सीमा जोडिएका मधेशका थुप्रै जिल्लामा नेपाल भारत आउजाउ पनि निषेध गरिएको छ।
नेपाल सीमासँग जोडिएका पश्चिम चम्पारण, पूर्वी चम्पारण, सीतामढी, मधुबनी, सुपौल, अररिया र किशनगंज लगायतका जिल्लामा मतदान हुन लागेको हो ।










प्रतिक्रिया