काठमाडाै । दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीकाे एकाएक सरुवा भएकाे छ । गृह मन्त्रालयले हिजाे धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीकाे सरुवा गरेकाे हाे ।
मन्त्रालयका अनुसार काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईलाई गृह मन्त्रालयमा सरुवा गर्दै मन्त्रालयका सहसचिव उमेश ढकाललाई काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
यस्तै, धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई पनि गृह मन्त्रालयमा सरुवा गरेर मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
वर्षाका कारण ठूलाे जनधनकाे क्षति हुँदा आवश्यक सुरक्षा सतर्कता नअपनाएकाे भन्दै आलाेचना भएपछि उनीहरुकाे सरुवा गरिएकाे स्राेतकाे दाबी छ ।
प्रतिक्रिया