सीधाकुराका प्रकाशक र कार्यकारी सम्पादकलाई ३ महिना कैदको फैसला

काठमाडाै। सर्वाेच्च अदालतले सिधा कुरा नामक अनलाइनका प्रकाशक र कार्यकारी सम्पादकलाई तीन महिनाकाे कैद ताेकिएकाे छ । अदालतले उनीहरुले मानहानी गरेको ठहरसहित सजाय तोकेको हाे।

सर्वोच्चको वृहत पूर्ण इजलासले आज निर्णय सुनाउँदै कथित अडियो रेकर्ड गर्ने राजकुमार तिमल्सिनालाई ६ महिना कैद सजाय तोकेको छ । त्यस्तै सिधाकुराका सम्पादक युवराज कडेल र नविन ढुंगानालाई ३ महिना कैद सुनाएको हाे ।

युवराज कँडेल र नविन ढुंगानाले कथित अडिओको सत्य तथ्य परीक्षण नगरी प्रसारण गरेको हुनाले ३ महिना कैद सजाय तोकिएको हो । उनीहरुले लिखितरुपमा अदालत समक्ष माफी मागेमा ७ दिनमात्र कैद बसी अरु कैद निलम्बन हुने भनिएको छ ।

सीधा कुरा अनलाइनलाई ५ हजार जरिवाना तोकिएको छ । अनलाइनबाट लिखित माफी मागेमा सो जरिवाना माफी हुनेछ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकाल रहेको ९ सदस्यीय इजलासमा गत साउन १७ गते नै सुनुवाइ सकाएको थियो ।

सिधाकुराले ‘द डार्क फाइल’ नाम दिएर शृंखला प्रकाशन/प्रसारण गरेपछि विवादित अडिओका विषयमा सर्वोच्च अदालत प्रशासनले नै प्रतिवेदन उठाएर अदालतको अवहेलना मुद्दा दायर गरेको थियो ।

उक्त अनलाइनले अख्तियारको स्टिङ अप्रेसनवाला मुद्दाका अभियुक्तहरुलाई सफाइ दिलाउने भन्दै कान्तिपुरका सन्चालक कैलाश शिरोहिया,अन्नपूर्णका रामेश्वर थापा,न्यायाधीश आनन्दमोहन भट्टराईलगायतको संवाद भनिएको अडियो प्रसारण गरेको थियो । सो अडिओ फेक रहेको र अदालतको मानहानी भएको भन्दै सर्बोच्च प्रशासनबाटै रिट दायर भएकाे थियाे ।