काठमाडौं । नेपाली बजारमा आज नयाँ रेकर्ड कायम भएकाे छ । आज एकैदिन सुनको मूल्य तोलामा ७ हजार १ सय रुपैयाँ बढेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बिहीबार तोलाको २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको हो।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रुपैयाँले चाँदी महँगिएको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २७५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ३ हजार ३५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रतिक्रिया