काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आउने सामानमा थप १०० प्रतिशत भन्सार शूल्क लगाउने घोषणा गरेका छन् । उनले आफ्नो ट्रुथ सोसल एकाउन्टमा एउटा पोस्ट लेख्दै चीनमाथि यसअघि लगाइँदै आएको ३० प्रतिशत भन्सारमा थप सय प्रतिशत बढाउने घोषणा गरेको उल्लेख गरेका छन्
योसँगै चीनबाट अमेरिका आयात हुने सामानमा अब १३० प्रतिशत भन्सार लाग्ने भएको छ । बढाइएको भन्सार नोभेम्बर १ देखि लागू हुने पनि उनले बताएका छन।
ट्रम्पले भनेका छन्, ‘अब चीनमाथि उनीहरूले अहिले तिरिरहेको भन्सारबाहेक थप सय प्रतिशत भन्सार लगाइनेछ । नोभेम्बर १ देखि हामी सबै प्रकारका महत्वपूर्ण सफ्टवेयरहरूमा निर्यात नियन्त्रण पनि लागू गर्नेछौँ ।’
ट्रम्पले दोस्रो कार्यकाल सुरु भएलगत्तै चीनसँग व्यापार युद्ध गरेका थिए । त्यतिबेला अमेरिकाले चीनमाथि लगाएको १४५ प्रतिशतसम्म भन्सार लगाएका थिए । तर, अमेरिकासँग व्यापार युद्धमा नझुकेको चीनले त्यतिबेला पनि १२५ प्रतिशत जबाफी भन्सार लगाएको थियो । चीन नझुकेपछि दुई देशबीच वार्ता गरेर ११५ प्रतिशत भन्सार घटाउने सहमति गरेका थिए ।
ट्रम्पको पछिल्लो कदमले फेरि दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्ध सुरु हुने संकेत गरेको छ भने विश्व अर्थतन्त्रका लागि ठूलो चुनौती बन्ने छ । एजेन्सी








प्रतिक्रिया