लगातारकाे वर्षाकाे कारण काभ्रेमा गाउँ नै बगायाे,दुईकाे मृत्यु, चार बेपत्ता

काभ्रे । लगातारकाे वर्षाका कारण काभ्रेकाे बल्थलीस्थित थुम्कीमा पहिरोले गाउँ नै बगाएको छ । पनौती नगरपालिका वडा नम्बर ११ बल्थली स्थित थुम्कीमा रहेको गाउँ पहिरोले बगाएको छ । मध्यराति गाउँ माथिबाट पहिरो आएसँगै स्थानीयको भागाभाग भएको थियो ।

राति २:५० बजे काभ्रेपलाञ्चोक, तेमाल गापा ७ बस्ने भिम बहादुर तामाङको १ तल्ले घर पहिरोले पुरिँदा उनी श्रीमती ५० बर्षीय पातली तामाङ र वर्ष ४० बर्षीय नक्कली तामाङको मृत्यु भएको ।

पहिरोमा परेर ४ जना बेपत्ता छन् । थुम्कीका अर्जुन भण्डारीको घर पहिरोले बगाएको छ । भण्डारीको घरमा पाहुना आएका ४ जना बेपत्ता रहेको बताइएको छ । स्थानीयलाई थुम्की रिसोर्टमा राखिएको छ ।

रातको समय र निरन्तर पहिरो गइरहेकाले क्षतिको थप विवरण आउन बाँकी छ ।