सञ्चारमन्त्री जगदीश खरेलले घाइतेलाई भेटे

काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका घाइतेहरूलाई अस्पताल पुगेर भेटेका छन् । उनले घाइतेहरुलाई भेटका क्रममा उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै घाइतेहरूको स्वास्थ्यलाभको कामना समते गरे ।

घाइतेलाई भेट्न मन्त्री खरेल आज टिचिङ अस्पताल पुगेका हुन् । सो क्रममा मन्त्री खरेलले भने, ‘यो सरकार तपाईंहरूले बगाएको रगतले बनेको हो, देश पनि अहिले बिरामी छ, तपाईंहरूसँगै देशको पनि उपचार गर्ने हो ।’