भाेली बिहानसम्मका लागि आन्तरिक उडान स्थगित

काठमाडौ । प्रतिकुल माैसमकम कारण भाेली बिहानसम्मकाे लागि आन्तरिक उडान स्थगित भएकाे छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले एक सूचना जारी गर्दै अविरल वर्षाका कारण मौसममा आएको खराबीले शनिबार बिहानसम्मको सबै आन्तरिक उडान स्थगित गरेको जनाएकाे हाे।

प्राधिकरणले सूचनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान  शनिबार बिहानसम्मका लागि स्थगित भएको जनाएको हो ।