बाग्लुङ । गलकोट नगरपालिका–६ दरम खोलाको किनारमा ताराखोला गाउँपालिका–२ अर्गल बस्ने २४ वर्षीय भिम बहादुर घर्ती सोमबार मृत अवस्थामा फेला परेका छन् ।
कपिलवस्तु, कपिलवस्तु नगरपालिका–४ पड्खहवास्थित वाणगंगा नदीको किनारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, रंगेली नगरपालिका–२ लक्ष्मीपुर बस्ने ३० वर्षीय राजेन्द्र उराउ सोही ठाउँस्थित सडकमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया