काठमाडाै । दशैं मनाउन भारतबाट घर फकिँदै गरेका एक युवक महाकाली नदीमा खसेर बेपत्ता भएका छन् ।बैतडी पुर्चौडी नगरपालिका–५ कुवाकोटका ३३ वर्षीय अमर धामी बेपत्ता भएकाे प्रहरीले जनाएका छन् ।
सुदूरपश्चिमका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रवीन्द्र केसीका अनुसार घर फर्किरहेका धामी शुक्रबार बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका–८ को झुलाघाट बजार नजिकै सडकबाट महाकाली नदीमा खसेको खुलेको हाे ।
झुलाघाटबाट बैतडी सदरमुकामतर्फ आउने जीप पार्किङ हुने क्षेत्रमा हिँडिरहेको अवस्थामा चिप्लिएर महाकालीमा खसेर बेपत्ता भएका धामीको खोजी कार्य भइरहेको उनले जानकारी दिए । धामी खसेको ठाउँमा सडकमाथिबाट पहिरोसमेत खसेका कारण जोखिम रहेको प्रहरीले जनाएको छ । नदीमा बेपत्ता धामीको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ । भारतमा रोजगारी गर्दै आएका धामी दशैँ मनाउन घर फर्किदै थिए ।
प्रतिक्रिया