सिराहा । सिरहा नगरपालिका–१० पदमपुर २६ वर्षीय दिपु मण्डलको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ । आफ्नै घर अगाडि ट्याक्टर धुने क्रममा ट्याक्टर पछाडी ट्रली उठाउँदा विद्युतको तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिराहामा उपचार क्रममा मृत्यु भएको हो ।
धनुषा, कमला नगरपालिका–५ तरीया टोल बस्ने ३० वर्षीया संजु देवी यादवको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरमा विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया