काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३ हजार ९०० रुपैयाँ रुपैयाँ बढेर हालसम्मकै उच्च कायम भएको हो ।
सोमबार २ लाख १७ हजार ८०० रुपैयाँमा किनबेभ भएको सुन आज प्रतितोला २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ ।
यसैबिच चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ६६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ६८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।










प्रतिक्रिया