काठमाडौं । मकवानपुरमा दुई महिने सुत्केरीमाथि बलात्कार भएको छ । राक्सिराङ–१, इन्द्रुङमा राम्रोसँग बोल्न नसक्ने पिछडिएको एक चेपाङ सुत्केरी महिलामाथि बलात्कार भएको हो ।
भदौ २६ गते राति उनका श्रीमानलाई रुखमा बाँधेर दुई महिने सुत्केरी श्रीमतीलाई बलात्कार गरेको पाइएको राक्सिराङ प्रहरी चौकीका इञ्चार्ज नवीन सिंहले जानकारी दिए ।
बलात्कार आरोपमा प्रहरीले स्थानीय ४२ वर्षीय अन्तरे थिङलाई पक्राउ गरेको छ । उनलाई आइतबार साँझ नै पक्राउ गरि मनहरी इलाका प्रहरी कार्यालय पठाइएको इञ्चार्ज सिंहले बताए ।
‘रुखमा बाँधेर पत्नीमाथि बलात्कार गरिरहँदा आरोपीले उल्टै श्रीमानलाई कोही आएको छ कि छैन हेर’ भनेर काम अह्राएको अनुसन्धानमा खेलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ती दम्पती नै राम्रो बोल्न पनि सक्दैनन् । उनीहरुको आफ्नै घर पनि छैन । घटनामा अरु पनि संलग्न छन् कि भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया