पाल टाँगेर सर्बोच्चले दिदैछ सेवा

काठमाडौं । जेनजी आन्दोलनका क्रममा जलेर क्षतविक्षत भएको सर्वोच्च अदालतमा आजबाट पाल टाँगेर सेवा दिन सुरु गरिएको छ ।यसअघि सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक (फूल कोर्ट)ले आइतबारदेखि बन्दीप्रत्यक्षीकरणको निवेदनहरू हेर्न थालिने जनाएको थियो ।

सर्वोच्च अदालतले आफ्नो परिसरमा केही पाल टाँगेर प्रशासनिक र इजलास अघि बढाउनेगरी काम थालेको हो । इजलास सुरु भएको ६ दिनपछि अड्डाअदालतहरूमा दसैँबिदा सुरु हुनेछ । दसैँका बेलामा १५ दिन अदालतमा बिदा दिने र न्यायाधीशहरुले घरमै फैसला लेख्ने अभ्यास छ । तर, यसपटक अदालतको सबै संरचना क्षतविक्षत भएकाले न्यायाधीशहरू संरचना व्यवस्थापनका लागि नियमित अदालत आउनेबारे छलफल गरेका थिए ।

अन्नपूर्ण न्यूरो अस्पताल अगाडीपट्टि बनिरहेको भवनमा समेत इजलास सञ्चालनको सम्भावनावारे अध्ययन भइरहेको छ ।