आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-४ स्थित प्रेम लाल श्रेष्ठको भाटभटेनी सोफा रिपेरिङ सेन्टरमा शनिबार बिहान आगलागी हुँदा करिब १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।


प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।