चुच्चेपाटीस्थित भाटभटेनीमा ६ वटा शव फेला

काठमाडौं । बौद्धको चुच्चेपाटीस्थित भाटभटेनी सुपर स्टोरमा ६ वटा शव फेला परेको छ । प्रहरीका अनुसार हिजो(शनिबार) साँझ ती शव फेला परेका हुन् ।

डढेको कारण शव पहिचान हुन सकेको छैन । सबै मृतक पुरुष भएको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

जेनजी आन्दोलनका क्रममा भाटभटेनीलगायत देशका विभिन्न स्थानमा रहेका सरकारी र निजी संरचनाहरुमा आगजनी भएको थियो । प्रदर्शनकारीले भाटभटनीका २८ शाखामध्ये १३ वटा आगजनी र लुटपाट गरेका छन् ।