सुनकाे मूल्य ११ सयले बढ्याे

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ११ सय रुपैयाँले बढेको हो ।

यसअघि बिहीबार २ लाख १४ हजार ७०० रुपैयाँ कायम भएको सुन आज तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार २ हजार ५०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।