रामेछाप ।रामेछाप कारागार तोडेर कैदी भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाएको छ । सेनाको गोली लागेर २ जनाको मृत्यु भएको छ ।
आज बिहान कैदिबन्दीले ताल्चा फोडेर भाग्न खोजेपछि कैदीलाई नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाउँदा २ जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।
उनका अनुसार एकजना कैदी गम्भीर घाइते छन् भने अन्य १० जना सामान्य घाइते भएका छन् । सम्झाउँदा बुझाउँदासमते बलजफ्ती जेल तोडेर बाहिर निस्कन खोजेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउन परेको प्रमुख जिल्ला अधिकारी बताए ।
घाइतेहरुको रामेछाप अस्पतालमा उपचार भइरहकोछ । अहिले कारागार नियन्त्रणमा लिइसकेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । कारागारमा ३३४ जना कैदी थिए ।
प्रतिक्रिया