प्रधानमन्त्रीकाे जिम्मेवारि लिने भन्दै हर्क पुगे काठमाडौं , जेन जीले के गर्ला ?

काठमाडौं । धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ अचानक काठमाडौं पुगेका छन् । सामाजिक सञ्जालमार्फत निरन्तर आफूलाई नेतृत्व दिन आग्रह गर्दै आएका साम्पाङले आज बिहानै राजधानी प्रवेश गरेका हुन् ।

सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै उनले लेखेका छन्, ‘देशको चिन्ताले काठमाडौं आइपुगियो। गलत मान्छेहरूको घुसपैठ नहोस् जेन-जेड ।’ यसैबेला डिस्कोर्डमा जेन-जेडले सेनासँग वार्ता गर्न कसलाई पठाउने भन्ने विषयमा बिहानैदेखि छलफल भइरहेको छ।

यसअघि पनि साम्पाङले आफूलाई नेतृत्व दिन माग्दै एकपछि अर्को स्टाटस सार्वजनिक गरेका थिए ।