एनपीएलको दोस्रो संस्करण मंसिर १ देखी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण मंसिरमा हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत् एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि मंसिर २८ सम्म हुने जानकारी दिएको हो ।

उक्त संस्करणका लागि टिमहरूको मिनि अक्सन सकिएको छ । एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।