काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि मल व्यवस्थापन र उत्पादनवृद्धिबारे आज तीन बुदेँ निर्देशन दिएका छन् ।
सिंहदरबारमा कृषि र उद्योगमन्त्रीसहित सम्बद्ध अधिकारीसँग गहन छलफलपछि प्रधानमन्त्री ओलीबाट तीन दिनभित्र सम्पादन गर्ने गरी तीन बुँदे निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीको सचिवालय अनुसार प्रधानमन्त्रीको ३ बुदेँ निर्देशन यस्तो रहेछ।
१. रासायनिक मलको आपूर्ति व्यवस्था चुस्त दुरुस्त गराउन नयाँ ढाँचासहितको ठाेस योजना ल्याउनुस् ।
२. कम्पाेष्ट र आर्ग्यानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सन्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव ल्याउनुस् ।
३. माटाेकाे उर्वरता बचाउने खालको रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका ल्याउनुस् ।
प्रतिक्रिया