काठमाडौं । श्रम सचिव डा. कृष्णहरि पुष्करले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय डिजिटल युगलाई आत्मसात गर्दै डिजिटलक्रेसीको अवधारणामा मन्त्रालयले नयाँ डिजिटल पद्दतिहरु थप्दै लगिएको बताएका छन्।
सोमबार मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रम सचिव डा। पुष्करले समग्र श्रम चक्रलाई डिजिटलाइजेसन गर्न ब्लुप्रिन्टको प्रयोग गरी प्रणाली निर्माणको कार्यले थप गति लिने उल्लेख गरेका छन्।
कार्यक्रमको अध्यक्षता गरेका सचिव डा. पुस्करले स्वीस कन्ट्याक्टबाट श्रम संसार र रेमी परियोजनाबाट श्रम बजार सूचना प्रणालीको प्राविधिक दस्तावेजहरुको कार्यान्वयनबाट व्युरोक्रेसीलाई डिजिटलक्रेसीमा रुपान्तरण हुन लागेको जानकारी दिए।
श्रम चक्रको समग्र प्रक्रियालाई डिजिटलाइजेसन ब्लुप्रिन्टले ध्यान दिएको उल्लेख गर्दै सचिव डा। पुष्करले प्राथमिकता साथ कार्यान्वयन गरिने प्रतिबद्धता जनाए।
श्रम मन्त्री शरत सिंह भण्डारीले नवौं पञ्चवर्षिय योजना देखि सोचिएको डिजिटलाइजेसन र श्रम बजार सूचना प्रणालीले साकार रुप लिदै गरेकोमा सन्तुष्टी व्यक्त गरेका छन्। यस कार्यमा विकास साझेदार एसडिसि, स्वीस कन्ट्याक्ट र रेमी परियोजनाको योगदानको प्रशंसा गर्दै नागरिकलाई सेवा प्रवाह गर्न “मान्छे दोडिने नभइ प्रणाली दोडिनु पर्ने” पद्दतिको विकास हुन लागेको बताए।
सिमित श्रोत र साधन हुँदा हुँदै पनि श्रम संसारको प्रयोगलाई व्यापकता दिइएको र अव उप्राप्त समग्र श्रम, रोजगार तथा सामाजिक सुरक्षा प्रणालीलाई प्रविधिमा हुने जानकारी दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ असगर अलिले लामो गृहकार्यपछि तयार भएको दस्तावेजले समग्र श्रम क्षेत्रको समस्या समाधानको आधार बन्ने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार पछिल्लो एक वर्षमा श्रम क्षेत्रको डिजिटलाइजेसनका भएको प्रगति उल्लेखनिय भएको बताए।
प्रतिक्रिया