गाजासहित युवक पक्राउ

सर्लाही ।  सर्लाहीको लालबन्दी नगरपालिका–१५ स्थित बोहोरे डाँडाबाट लागूऔषध गाँजा सहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


इलाका प्रहरी कार्यालय परवानीपुरबाट सई दशरथ प्रसाद यादवको कमाण्डमा खटिएको टोलीले चेकजाँचको क्रममा बा.प्र.०२–०३२ प ५९१२ नम्बरको आर १५ मोडेलको मोटरसाइकललाई रोक्दा उक्त सवारीमा सवार एक व्यक्ति फरार भएका थिए।

मोटरसाइकल चालक लालबन्दी नगरपालिका–१४ निवासी २१ वर्षीय संजित घिसिङलाई भने प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो।
चालकले बोकेको झोलामा रातो प्लास्टिकमा बेरी राखिएको अवस्थामा लागूऔषध गाँजा ५ किलो ३३० ग्राम फेला परेको प्रहरीले जनाएको छ। 


हाल मोटरसाइकल, लागूऔषध गाँजा तथा संलग्न युवकलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय परवानीपुरमा राखिएको छ ।