सूचना आयोगको आदेश समेत मान्दैनन् गाउँपालिकाका हाकिम

सिरहा । सिरहाको लक्ष्मिपुर पतारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक सिंहले राष्टि्य सूचना आयोगको आदेशलाई लत्याउँदै बर्षदिन बितिसक्दा समेत माग गरिएको सूचना उपलब्ध गराएका छैनन् ।
गाउँपालिका प्रमुख प्रशाकीय सिंह र सूचना अधिकारीलाई पटकपटक सम्बोधन गरेर निवेदन पेशेर सूचना माग गर्दा पनि सूचना माग गरेका नेकपा एमालेका गाउँपालिका ईञ्चार्ज देवनारायण साह एमाले गाउँपालिका अध्यक्ष ब्रहमदेव यादवले सूचना आयोग गुहारेका थिए ।


राष्टि्य सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरूङ् र सूचना आयुक्त कमला ओली थापाबाट जारी आदेशलाई गाउँपालिकाका प्रमुख प्रशासकिय सिंहले बेवास्ता गर्दै सूचना उपलब्ध नगराएका हुन् ।


एमालेका नेताद्वय साह र यादवले पटकपटक निवेदन मार्फत २०७९/०८० देखी २०८१/०८२ सम्म गरी तीन आर्थिक बर्षको सम्पूर्ण आयब्यायको प्रमाणित प्रतिलिपी माग गरेकाथिए । तर गाउँपालिकाले उपलब्ध उक्त सूचना उपलब्ध नगराएपछी उनिहरूले आयोगमा उजुरी दर्ता गरेका थिए ।


लक्ष्मिपुर पतारी गाउँपालिका प्रमुखमा कांग्रेसबाट चतुरानन्द ठाकुर र उपप्रमुखमा कांग्रेसकै अमरकला यादवले जितेकी छन् । कतिपयले यसलाई कांग्रेस र।एमालेको लडाईँका रूपमा लिएका छन् ।