सिराहा । सिरहा नगरपालिका–१ शिव चोक बस्ने ३५ वर्षीया कल्पना यादवको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै खेतमा पानी लगाउन विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया