रविलाई क्लीन चिट हाेइन कारबाहीकाे लागि सिफारिस भएकाे हाे: कमल थापा

काठमाडाै । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले रास्वपा अध्यक्ष रवि लामिछानेले ‘क्लिन चिट’ पाएकाे नभई कारवाहीको लागि सिफारिस भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष थापाले क्लिन चिट पाएको भन्दै जनताको आँखामा  छारो हाल्ने काम भएको उल्लेख गरेका हुन् ।

उनले प्रमुख दलका नेता–कार्यकर्ताहरुकै संरक्षण र संलग्नतामा सहकारी ठगी र रकम अपचलन भएको देखिएपछि सबै मिलेर फासफुस पारेको आरोप समेत लगाएका छन् । उनले भनेका छन्, ‘क्लिन चिट’ पायो ! होइन, कारवाहीको सिफारिस भयो ! यो जनताको आँखामा छारो हाल्ने काम हो । सत्य के हो भने–प्रमुख दलका नेता–कार्यकर्ताहरुकै संरक्षण र संलग्नतामा सहकारी ठगी र रकम अपचलन भएको देखिएपछि सबै मिलेर फासफुस पारे । भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त नपारेसम्म यस्तो भइरहन्छ ।