सुर्खेत । १६ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको अभियोगमा बीरेन्द्रनगर नगरपालिका–३ बस्ने जाजरकोट भेरी नगरपालिका–५ घर भएका ३६ वर्षीय उदय चन्दलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उदयले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया