हरिद्वार। शांतिकुंज हरिद्वारस्थित अखिल विश्व गायत्री परिवारद्वारा संस्थापिका माता भगवती देवी शर्माको जन्मशताब्दी वर्षको अवसरमा विशेष कार्यक्रमहरूको श्रृङ्खला सञ्चालन भइरहेको छ।
यसै क्रममा झारखण्ड प्रान्तमा संगठनात्मक तथा रचनात्मक गतिविधिलाई सुदृढ बनाउन विशेष संगठनात्मक शिविरको आयोजना गरिएको छ।
उक्त शिविरमा झारखण्डका विभिन्न जिल्लाबाट चयनित प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।
प्रतिनिधिहरूले शान्ति कुञजकी अधिष्ठात्री शक्तिस्वरूपा श्रद्धेया शैलदीदीसँग भेट गरी आशिर्वाद एवं मार्गदर्शन प्राप्त गरे।
आफ्नो सन्देशमा शैलदीदीले नियमित उपासना र साधनाबाट आत्मिक ऊर्जा प्राप्त गर्न सकिने बताउँदै, आराधनाबाट प्राप्त शक्ति समाज निर्माणमा प्रयोग गर्नु नै सच्चा युगधर्म भएको उल्लेख गरिन। उनले यो समय सेवा र कर्तव्यनिष्ठाका साथ कार्य गर्ने समय भएको बताईन्।
श्रद्धेया शैलदीदीले संगठनात्मक एकता, अनुशासन र उद्देश्यनिष्ठा नै कुनै पनि परिवर्तनकारी आन्दोलनको मेरुदण्ड हुने बताउनुभयो। गायत्री परिवारको यो प्रयास सोही दिशामा एक सशक्त कदम भएको उनले स्पष्ट पारिन्।
शिविरको उद्देश्य विभिन्न जिल्लाका कार्यकर्तालाई एउटै मञ्चमा ल्याई संगठनात्मक समन्वयलाई सुदृढ बनाउनु, सेवा कार्यहरूको विस्तार गर्नु र सन् २०२६ मा मनाइने जन्मशताब्दी वर्षको कार्यक्रमहरूको रुपरेखा तय गर्नु रहेको थियो।
शांतिकुंजका वरिष्ठ प्रतिनिधिहरूले यस वर्षलाई संगठनका लागि अत्यन्त महत्वपूर्ण वर्षको रूपमा लिंदै यसलाई जनजागरण, महिला सशक्तिकरण, वातावरण संरक्षण, व्यसन मुक्ति तथा युग साहित्यको प्रसार जस्ता रचनात्मक गतिविधिहरूबाट जन-जनसम्म पु-याउनुपर्ने बताएका थिए।
उनीहरूले जन्मशताब्दी वर्ष अन्तर्गत सञ्चालन भइरहेको “ज्योति कलश यात्रा”मा प्रत्येक नागरिकको सहभागिता सुनिश्चित गरिनुपर्ने बताए। झारखण्डका सबै गाउँहरूमा अखण्ड दीपको प्रकाश पु-याई जनजागरणको वातावरण निर्माण गरिने योजना रहेको पनि जानकारी गराए।
शिविरमा प्रशिक्षण सत्र, समूह चर्चा तथा आगामी योजनाहरूको रणनीतिमा विशेष जोड दिइएको थियो। विभिन्न प्रज्ञा संस्थान र युवा मण्डलका प्रतिनिधिहरूले आफ्ना अनुभवहरू साझा गर्दै आगामी कार्यक्रमहरूको जिम्मेवारी पनि ग्रहण गरेका थिए।
प्रतिक्रिया