थबाङ गापाका कर्मचारीहरु सम्पर्कमा आए

काठमाडौं । तीन दिनदेखि सम्पर्कविहीन भएका रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृतसहित सातै जना कर्मचारीहरु सम्पर्कमा आएका छन् ।

उनीहरूले आज बिहानै गाउँपालिका अध्यक्ष ऋषि केशव बुढामगरलाई फोन गरेर आफूहरू गुल्मीको दुर्गम गाउँमा रहेको र आजै फर्कदै गरेकाे जानकारी दिएका हुन् ।

गापा अध्यक्ष बुढामगरले कार्यकारी प्रमुखले आफूहरू सकुशल गुल्मीमा रहेको जानकारी दिएको पनि बताए ।