काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले एक करोड ४४ लाख रुपैयाँ रकमसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ४० वर्षीय वाङ जियान रहेका छन् । सोमबार बौद्धको नयाँबस्तीस्थित स्रोत नखुलेको आर्थिक कारोबार भइरहेको सूचनाको आधारमा खोजी कारोबार गरेकै अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनी स्वयम्भू भाडामा बस्दै आएका थिए। उनको साथबाट ईजी २२१६७१ नम्बरको चिनियाँ पासपोर्ट पनि बरामद भएको छ
प्रतिक्रिया