पाँच दिनदेखि गायब कुँवर आखिर कहाँ गए ?

काठमाडौं । पाँच दिनदेखि बेपत्ता जगतबहादुर कुँवर अझै भेटिएका छैनन् ।

अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–२९ अनामनगर बस्ने ५५ वर्षीय कुवँर हराएको पाँच दिन भइसक्दा अहिलेसम्म पत्ता लाग्न नसकेको हाे।

यही असार १७ गते बिहान काठमाडौँ महानगरपालिका–२९ अनामनगर अनामनगरस्थित डेराबाट ‘मर्निङवाक’ का लागि निस्किएका कुँवरबारे अहिलेसम्म पत्ता नलागेको उनका भतिज देवबहादुर कुँवरले जानकारी दिए । देवबहादुरले भने, ‘काका हराउनु भएको आज पाँच दिन भइसक्यो, हामीले जिल्ला प्रहरी परिसरमा पनि खोजतलासका लागि यही असार १८ गते निवदेन दर्ता गराएका छौँ । अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन ।’

कुँवर हराएको विषयमा खोजतलासका लागि प्रहरी परिसरमा उनका भतिजाले निवदेन दर्ता गराएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए । उनले भने, ‘कुँवरको खोजी जारी छ, विभिन्न यनिटमार्फत प्रयास भइरहेका छ ।’