काठमाडाै । मध्ययराति ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राति १२ बजेर ८ मिनेट जाँदा ताप्लेजुङ जिल्लाको ल्होनाक आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले जानकारी दिए ।
यो भूकम्पको धक्का ताप्लेजुङ आसपासका जिल्लामा पनि महसुस गरिएको छ । मध्यराति भूकम्प गएपछि मानिसहरु आत्तिंदै घर बाहिर निस्किएका थिए ।
प्रतिक्रिया