काठमाडौं । उप्रेती समाजसेवा समितिले ३० औँ स्थापना दिवस भव्य रुपमा सम्पन्न भएको छ । उक्त अवसरमा सम्मान, पुरस्कार वितरण, रक्तदानसहितका कार्यक्रम आयोजना गरियो ।

काठमाडौं, बत्तीसपुतलीस्थित होटल तपसमा आयोजित स्थापना दिवसमा ती कार्यक्रम सम्पन्न भएका हुन् । अध्यक्ष शोभित उप्रेतीको अध्यक्षतामा आयोजित कार्यक्रममा ज्येष्ठ वंशज सम्मान तथा उप्रेती वंशज सदस्यले स्थापना गरेको विभिन्न अक्षयकोष तर्फका सम्मान एवं पुरस्कार वितरण गरियो ।

ज्येष्ठ वंशज सम्मानबाट काभ्रेका नीलप्रसाद उप्रेती, काठमाडौंकी जलकुमारी खड्का उप्रेती, भक्तपुरकी अम्बिका शिवाकोटी उप्रेती र श्रीप्रसाद उप्रेती, झापाकी टिकादेवी दाहाल उप्रेती र कृष्णप्रसाद उप्रेतीलाई सम्मान गरियो ।
उप्रेती वंशजकै तर्फबाट सन् १९७९ देखि त्रिभुवन विश्वविद्यालयसहित देश, विदेशमा प्राध्यापन तथा वौद्धिक अनुसन्धानमा संलग्न प्राध्यापक विशालनाथ उप्रेती (पिएचडी) लाई विशेष सम्मान गरियो ।

उक्त अवसरमार उप्रेती समाजसेवा समितिमा आवद्ध सदस्यबाट स्थापित विभिन्न सम्मान तथा पुरस्कार पनि वितरण गरियो । ५१ हजार राशीको लक्ष्मीदेवी–गंगाप्रसाद उप्रेती स्मृति सम्मान तथा पुरस्कार खोटाङ, दिक्तेलस्थित शुभम् फाउण्डेसनलाई प्रदान गरियो ।

५० हजार राशीको पद्मलाल–नैनकला उप्रेती स्मृति सम्मान तथा पुरस्कार सीडब्लुएडीका अध्यक्ष डा. शशी अधिकारी राउतलाई दिइयो ।
१५ हजार राशीको नन्दराज–ओमकुमारी उप्रेती स्मृति सम्मान तथा पुरस्कार र धर्मानन्द–कौशल्या उप्रेती सामाजिक सेवा सम्मान तथा पुरस्कार क्रमशः पाल्पाको रम्बामा रहेको उत्तरबाहिनी गुरूकुलमका पण्डित चैतन्य कृष्ण प्रभु र मेनुका थापाले सञ्चालन गरेको रक्षा नेपाललाई प्रदान गरियो ।

१०/१० हजार राशीको खगेश्वर उप्रेती स्मृति सम्मान तथा पुरस्कार र चन्द्रकुमारी राना मगर स्मृति सम्मान तथा पुरस्कार क्रमशः कञ्चनपुरको भीमदत्त नगरपालिकामा सञ्चालित महिला तथा वृद्ध सेवाकेन्द्र र काठमाडौंका प्राध्यापक इन्दु तुलाधरलाई प्रदान गरियो । कार्यक्रमका प्रमुख अतिथी निवर्तनमा रक्षा मन्त्री एवं प्रतिनिधि सभा सदस्य हरि उप्रेतीलगायतले सम्मानित र पुरस्कृत व्यक्तिलाई दोसल्ला, माला र सम्मान पत्र वितरण गरेका थिए ।
कार्यक्रममा समितिका महासचिव लक्ष्मणप्रसाद उप्रेती, सचिव बलरामप्रसाद उप्रेती, महिला विभाग प्रमुख कमला उप्रेती लगायतले मन्तव्य व्यक्त गरे ।
प्रतिक्रिया