मलेसियालाई हराउँदै नेपाल फनइनलमा

काठमाडौं । नेपाल एसीसी पुरुष यू–१६ इष्ट जोन कप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा घरेलु टोली मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल चौथो पटक फाइनलमा पुगेको हो ।

मलेसियाले दिएको ९१ रनको झिनो लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो ।