कास्की । पोखराको लेकसाइडका विभिन्न स्पा सेन्टर तथा ब्युटी पार्लरहरुबाट ८ बालिकालाई प्रहरीले उद्धार गरेको छ ।
इभेन्डर ब्युटि एण्ड स्पाबाट ४ जना तथा ताराहिल लज स्पा एण्ड ब्युटिकेयर र पर्सल्यान स्पाबाट २–२ जना गरी ८ जनालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
स्पा सेन्टरहरुमा १८ वर्ष मुनिका बालिकालाई काममा लगाइएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाबाट उद्धार टोली खटिएको थियो ।
सो टोलीले असार १६ गते ८ जनालाई उद्धार गरेको जानकारी कास्की प्रहरीले असार १७ गते रातिमात्र जानकारी दिएको हो । स्पा सेन्टर सन्चालकलाई कारबाहीका लागि उद्धार गरिएका बालिकालाई श्रम तथा रोजगार कार्यालय पोखरामा पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया