मिटरब्याजबाटै ठडियो दुईओटा घर , चार ठाउँमा घडेरी


लहान ।सिरहाको लहानमा एक परिवारले मिटरब्याजबाट आर्जन गरेको पैसाले दुईओटा पक्कि घर बनाउन र चार ठाउँमा घडेरी जोड्न सफल भएको छ ।
सितापुर स्थायि घर भएका रामशुन्दर गुप्ताको परिवारले लहानमा मिटरब्याजको धन्दाले त्यतीका जेथो जोडेको हो ।
रामशुन्दर र उनका छोराहरू शम्भु र राहुलले सामूहिक रूपमा मिटरब्याजको धन्दा चलाउँदै आएको उनका आफन्तहरूले बताए ।

गुप्ताका बाबुछोराले लहानमा कालिगढी पेशा गर्दैआएका बिश्वकर्मा समुदायका सुनचाँदीका कालिगढहरूलाई चर्को ब्याजमा ऋण प्रवाह गर्दैआएको छन भने स्थानिय ब्यापारीहरूलाई पनि बार्षिक ३६ प्रतिशत ब्याजमा ऋण दिदै आएकाछन् ।
गुप्ता परिवारले मिटरब्याजकोआम्दानीबाट लहानको २ नम्बर रोड र हश्पिटल चोकमा घर बनाएकाछन् भने यातायात कार्यालय छेउ र एनसिएल क्षेत्रमा घडेरी खरिद गरेकाछन् । सम्पत्ती शुद्विकरण विभागले गुप्ता परिवारको अनाधिकृत सम्पती छानबिन गर्नुपर्ने नागरिक समाजको माग छ ।
मिटरब्याजलाई प्रमुख ब्यवसाय बनाउँदै आएका गुप्ता परिवारको देखाउने दाँतभने साधारण पसलहरू छन् । दुई नम्बर रोडमा रहेको आफ्नै घरमा पसल सञ्चालन गरिरहेकाछन् भने अर्कोचाहीँ दुर्गामन्दिरको लाईनमा नगरपालिकाको भबन भाडामा लिएर रेडिमेड कपडाको पसल सञ्चालन गरिरहेकाछन् । दुखःको कुरा के भने रामशुन्दर गुप्ताका दुई छोराहरूले आफ्नै नाममा दर्ता गरेर सञ्चालन गरिरहेको ‘ शम्भु एण्ड राहुल ट्रेडर्स ‘ नामक रेडिमेड पसलमा ग्रहाकहरूले ठगिएको गुनासो गर्ने गरेकाछन् ।
प्यानमा दर्ता उल्लेख गरिएको गुप्ता दाजुभाईको यस रेडिमेड पसलमा ग्रहाकहरूले कपडा शरिररमा लगाएर चेक गरेपछि सो कपडा अनिवार्य लिनुपर्ने नियम छ । उनिहरूको यो ठगि विरूद्व ग्रहाकहरूले सिरहा जिल्ला उधोग वाणिज्य सँघमा उजुरी समेत गरेकाछन् । सँघका महासचिब श्याम गुप्ता भन्छन् – ‘ चेक गर्दा मन परेनभने पनि किन्नैपर्छ भन्ने छैन , ग्रहाकहरूको मौखिक उजुरीपछि उनिहरूलाई सचेत गराएका छौँ । सच्चिएनन् भने सँघले कानुनअनुसार कार्वाही गर्ने छ । ‘
तल्लोस्तरको चिनिया उत्पादनका रेडिमेड कपडाहरू मनपरि दररेटमा बेच्दैआएका उनिहरूको दोकान फिक्स रेटको भएको बताउँदैआएकाछन् । तोकिएको फिक्स रेटबाट १० प्रतिशत छुट गर्दैआएको यस कपडा पसलले ग्रहाकहरूलाई ठग्दैआएकाले उपभोक्तावादी सँघसँस्थाले कार्वाहीका लागी जिल्ला प्रशासन कार्यालय सिरहाको समेत ध्यानाकर्षण गराएकाछन् । ग्रहाकहरूलाई प्यानबिल दिएपनि बिल काट्दा कार्बन पेपरको प्रयोग नगरेर राज्यको राजश्व छल्दैआएको प्रष्ट हुन्छ । सिरहाका प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्यालले उजुरीका आधारमा छानबिन गरेर ग्रहाक ठग्ने पसलहरूमाथी कार्वाही हुने प्रतिवद्वता जनाएको बताईएको छ ।
अर्कातिर खुद्रा पसलको आवरणमा मिटरब्याजको धन्दा चलाईरहेकोप्रती पनि जिल्ला प्रशासन कार्यालयको गंभिर ध्यानाकर्षण भएको बताईएको छ ।
यस बिषयमा प्रतिकृया लिनखोज्दा उनिहरू सम्पर्कमा आउन चाहेनन् ।