कैलाली । अहिले बेलौरी र धनगढीमा भारी वर्ष भइरहेको छ । बेलौरीमा २४ घण्टाको अवधिमा २६७ मिलिमिटर र धनगढी एयरपोर्ट आसपास २०२।२ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
धेरै वर्ष भएपछि कञ्चनपुरका पुनर्बास, कृष्णपुर लगायतका स्थानका केही घरमा बाढी पसेको छ ।
बाढीले डुबानमा परेपछि कृष्णपुर–५ पवित्रबस्तीको आरती विकको घरका चार जना सदस्यहरुलाई प्रहरीले उद्धार गरेर नजिकैको आधारभूत विद्यालयमा राखेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए ।
प्रतिक्रिया