रासायनिक कारखानामा विष्फोट हुँदा १० कामदारको मृत्यु, २० घाइते

एजेन्सी । भारतको तेलङ्गाना राज्यको संगारेड्डी जिल्लामा रहेको एक रासायनिक कारखानाको रिएक्टरमा विष्फोट हुँदा १० जना कामदारको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । स्थानीय सञ्चार माध्यमका अनुसार मृत्यु हुनेको संख्या बढ्न सक्छ ।

धेरै मानिसहरू अझै पनि फसेको बताइएको छ । पसुमिल्लाराममा रहेको सिगाची केमिकल उद्योगमा बिहान ७ बजे दुर्घटना भएको थियो । विष्फोटपछि कामदारहरू कारखानाबाट बाहिर निस्किरहेका देखिएका थिए । विष्फोटको कारण भने खुल्न नसकेको बताइएको छ ।