एजेन्सी । इरानले वार्ताअघि अमेरिकाले थप आक्रमण नगर्ने कुरा सुनिश्चित गर्नुपर्ने शर्त राखेको छ । इरानका उपविदेशमन्त्री माजिद तख्त–रावन्चीले फेरि वार्ता शुरू गर्ने भए अमेरिकाले थप आक्रमणको सम्भावनालाई स्पष्ट रूपमा अस्वीकार गर्नुपर्ने शर्त राखेका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले मध्यस्थकर्तामार्फत इरानलाई वार्तामा फर्कन आग्रह गरेको थियो । ट्रम्प प्रशासनको आग्रहपछि इरानका विदेशमन्त्रीले यस्तो शर्त राखेका हुन् ।
तर, अमेरिकाले वार्ताको क्रममा थप आक्रमण नगर्ने महत्त्वपूर्ण मुद्दामा आफ्नो अडान अझै स्पष्ट पारेको छैन । यसअघि जुन १३ मा इजराइलले इरानमाथि हमला गरेपछि त्यसको दुई दिनपश्चात् ओमानको राजधानी मस्कटमा हुने तय भएको अमेरिका र इरानबीचको छैटौँ चरणको मूलतः अप्रत्यक्ष वार्ता भाँडिएको थियो ।
प्रतिक्रिया