स्वास्थ्य मन्त्री अस्पताल भर्ना

काठमाडौं ।। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल अस्पताल भर्ना भएका छन् । केही दिन अघि मात्रै थाइल्याण्डबाट फर्किएका मन्त्री पौडेल अस्वस्थ भएपछि वीर अस्पताल भर्ना भएकाे सचिव अशोक भट्टराईले जानकारी दिए । 

स्वकीय सचिव  भट्टराईका अनुसार मन्त्री पौडेललाई रुघाखोकीलगायतको समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् ।