सिरहा । सुन र त्यसका गहना तथा सामानमा लगाइएको करविरुद्ध सुनचाँदी व्यवसायीहरु पसल बन्द गरेर सडकमा उत्रिएका छन् । कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायीहरुले राजधानीको न्यूरोडमा जुलुस निकालेका हुन् ।
सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटमा सुनमा २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाएको छ । त्यसविरुद्ध नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समिति आन्दोलनमा उत्रिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि समितिले आन्दोलन स्थगित गरेको थियो । तर, सरकारले माग सम्बोधन नगरी बजेट पास गरेकाले पुनः आन्दोलन थाल्नुपरेको व्यवसायीहरुको भनाइ छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको, नेपालमा मन्दीको अवस्था देखिएकाले सुनचाँदीको बजार सुस्त भएको अवस्थामा सरकारले विलासिता कर लगाउन नहुने उनीहरुको जिकिर छ ।
यसैबिच सुनचाँदी ब्यवसायीहरूले सिरहामा पनि प्रदर्शन गरेकाछन् ।
नेपाल सुनचाँदी ब्यवसायी महासँघका केन्द्रीय सदस्य बिकाश सारडाको नेतृत्वमा सुनचाँदी ब्यवसायीले बिभिन्न नारासहित सदरमुकाम सिरहा परिक्रमा गरि कोणसभा गरेकाथिए । सरकारले कर फिर्ता नलिएसम्म आन्दोलन जारी रहने केन्द्रीय सदस्य सारडाले जानकारी दिए ।
प्रतिक्रिया