काठमाडाैं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ कोलगाउँमा असार ११ मा मृत्त भेटिएकी किशोरीको सामुहिक बलात्कारपछि हत्या भएको पत्ता लागेकाे छ । अनुसन्धानबाट प्रहरीले यस्ताे निष्कर्ष निकालेको हाे । कोलगाउँका पदमबहादुर तामाङकी छोरी १६ वर्षीया निशा तामाङ घरबाट करिब ४ सय मिटर पर जङ्गलमा मृत भेटिएकी थिइन् ।
घटनाको अनुसन्धानपछि उनको सामहिक बलात्कारपछि हत्या गरिएको प्रहरीको निष्कर्ष छ । बलात्कारपछि हत्यामा संलग्न आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । सामहिक बलात्कार पछि निशाको हत्या भएको अनुसन्धानले देखिएको सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीले जानकारी दिए । उनले हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरिएको समेत बताए । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले शुक्रबार पत्रकार सम्मेलनमार्फत घटनाको जानकारी गराउँदैछ ।
मदिरा सेवन गरेका पाँच जनाले पालैपालो बलात्कारपछि हत्या गरेर छ्यादिखोला जङ्गलमा किशोरीको शव फालेर भागेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । काठमाडौँबाट तालिमप्राप्त कुकर लगेर घटना अनुसन्धान गरिएको थियो । प्रहरी प्रधान कार्यालयस्थित केनाइन कार्यालयका इन्स्पेक्टर कृष्ण बस्नेतको कमाण्डमा दुई वटा तालिम प्राप्त कुकुरलाई घटनास्थलमा परिचालन गरिएको थियो ।
प्रतिक्रिया