लागु औषध नियन्त्रण विभाग स्थापना हुन्छ: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले लागुऔषध नियन्त्रणका लागि आगामी आर्थिक वर्ष (आव)२०८२/८३ मा लागुऔषध नियन्त्रण विभाग स्थापना हुने बताएका छन् ।

आज काठमाडौँमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताका हुन् । मन्त्रालयले लागुऔषधको दुरुपयोग अवैध ओसार पसारको नियन्त्रण गर्ने कुरालाई अत्यन्तै गम्भिरता पूर्वक र प्राथमिकतामा राखेको बताउँदै उनले आगामी आवमा गृहमन्त्रालय अन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना हुने भएकाे हाे ।

उनले भने,‘गृह मन्त्रालयले लागुऔषधको दुरुपयोग अवैध ओसार पसारको नियन्त्रणगर्ने कुरालाई अत्यन्तै गम्भिरता पूर्वक र प्राथमिकतामा राखेको छ । हामी लागूऔषधलाई नियन्त्रण गर्नको लागिबेग्लै विभागको स्थापना गर्नेछौं । म यो घोषणा गर्न चाहान्छु । आउने नयाँ आर्थिक वर्षमा गृहमन्त्रालय अन्तर्गत लागु औषधनियन्त्रण विभाग स्थापना गरिने छ ।’

उनले लागुऔषधको विस्तार धेरै भएको र समाज यसबाट प्रभावित बनिरहेको भन्दै सबै भन्दा पहिला लागूऔषधको सेवनले मानिसको जीवन समाप्त गर्छ भन्ने कुराको चेतना जगाउनआवश्यक रहेको बता