काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणाका पुत्र जयवीरसिंह देउवाको जाहेरीमा थुनिएका राप्रपाका युवा नेता सुजित केसी छुटेका छन् । जिल्ला अदालत काठमाडौंले उनलाई २५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएसँगै उनी धरौटी रकम बुझाएर छुटेका हुन् ।
देउवापुत्रले हिल्टन होटल खरिद गरेको स्टाटस लेखेपछि उनीविरुद्ध जाहेरी परेको थियो । आज भएको थुनछेक बहसमा न्यायाधीस विष्णु प्रसाद अवस्थितको इजलासले आज उनर्ला धरौटीमा छोड्ने आदेश गरेको हो ।
केसीको तर्फबाट नेपाल बारका पूर्व अध्यक्ष गोपालकृष्ठा घिमिरे, वरिष्ठ अधिवक्ता राजु बस्नेत, नेपाल बारका महासचिव केदार कोइराला लगायतले बहस गरेका थिए ।
प्रतिक्रिया