काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई लेबी बुझाएका छन् । आज पार्टी मुख्यालयको वित्त तथा कोष व्यवस्थापन विभागमा पुगेर प्रधानमन्त्री ओलीले पार्टीलाई लेबी बुझाएका हुन् ।
एमालेका नेता–कार्यकर्ताहरूले प्रत्येक वर्ष सदस्यता शुल्क र लेबी बुझाउनुपर्ने प्रावधान विधानमा रहेको छ । सोही विधानमा भएको व्यवस्थाअनुसार सांसदसहित लाभको पदमा नियुक्त भएकाहरूबाट पार्टीले लेबी उठाउने गरेको छ ।
ओलीले प्रधानमन्त्री भएबापत ओलीले मासिक २५ हजारका दरले एक वर्षको लेबी बुझाएका हुन् । साथै, उनले पार्टीको सदस्यता शुल्क पनि बुझाएका छन् । एमालेले मासिक ३ सय रुपैयाँ पार्टी सदस्यता शुल्क उठाउँदै आएको छ । प्रधानमन्त्री ओलीले एक वर्षको ३ लाख ३ हजार ६ सय रकम बुझाएका हुन् ।
प्रतिक्रिया