माधव नेपाल विशेष अदालत उपस्थित

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालत उपस्थित भएका छन् ।

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाका क्रममा उनी अदालतमा आफैँ हाजिर हुन पुगेका हुन् ।

अदालतले म्याद तामेलीपत्र पठाइएको छैन । सार्वजनिक चर्चामा सुनेका आधारमा पनि कुनै मुद्दाका विषयमा सम्बन्धित व्यक्ति अदालतमा हाजिर हुन पाइने सुविधा उपयोग गर्दै नेपाल गएका हुन् । अदालतले बिहान ११ बजेभित्र पहिलो पेसी सूची प्रकाशित गर्ने गरेको छ ।

गत जेठ २२ गते नेपालसहित ९३ जनाका विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनका हकमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी भएको छ ।