जबरजस्ती बलात्कार गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । जबरजस्ती बलात्कार भियोगमा दुई जना पक्राउ परेका छन्।

१३ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको अभियोगमा पर्वतको बिहादी गाउँपालिका–६ शालिग्राम बस्ने २२ वर्षीय वसन्त विकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो। वसन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हुवासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस्तै २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मीको ईश्मा गाउँपालिका(३ बस्ने ३६ वर्षीय गोर बहादुर सुनारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। गोर बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।