हिजो रद्ध भएको उडान आज १२ बजे हुँदै

काठमाडौं । हिजो राति रद्द भएको कतारको दोहा उडान आज मध्याह्न १२ बजे हुने भएको छ ।

सोमबार राति ११ बजे दोहा उड्ने तयारीमा रहेको नेपाल एयरलाइन्सको विमान इरानले कतारस्थित अमेरिकी सैन्य बेसमाथि आक्रमण गरेपछि रद्द गरिएको थियो ।

हाल दोहामा हवाई मार्ग खुलाइएको र अवस्था शान्त बन्दै गएकोले १२ बजेका लागि उडान तय गरिएको एयरलाइन्सले जनाएको छ ।

सोमबार राति अकस्मात उडान रद्द गरिएपछि वैदेशिक रोजगारीका लागि जान लागेका अधिकांश यात्रुहरु विमानस्थलमै अलपत्र परेका थिए ।