आफ्नै श्रीमती मारेको अभियोगमा श्रीमान पक्राउ

पर्सा । आफ्नै श्रीमती २१ वर्षीया लालबीबी खातुनको हत्या गरेको अभियोगमा जगरनाथपुर गाउँपालिका(४ जगरनाथपुर बस्ने २३ वर्षीय सफिराजा मियाँलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।


लालबीबीको आफ्नै घरमा शनिबार शंकास्पद मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय पटेर्वासगौलीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न सफिराजालाई पक्राउ गरेको हो ।

उनी विरूद्ध ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।