चितवन । नारायणघाट–बुटवल सडकखण्डअन्तर्गत विनयी खोलाको डाइभर्सन बगाएपछि पूर्व–पश्चिम राजमार्ग सडक ठप्प भएको छ।
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोलाको डाइभर्सन बगाएपछि सञ्चालनमा ल्याइएको वैकल्पिक बाटो पनि अवरूद्ध भएको हो । अहिले त्यहाँ सवारी साधन ठप्प भएको छ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी डिएसपी मधु नेपालका अनुसार विनयी खोलाको डाइभर्सन बगाएपछि होङ्सी गेट–सर्दी हुँदै ज्यामिरे राजमार्ग जोड्ने वैकल्पिक मार्ग भएर सवारी आवातजावत गराइएको थियो।
तर, सोमबार बिहान ७:३० बजे विनयी त्रिवेणी गाउँपालिका–३ स्थित खरंगे खोलाको बहाब वर्षाका कारण सवारी साधन आवतजावत गर्नै नसक्नेगरी बढेपछि यातायात ठप्प भएका छन्।
खोला बढेपछि सवारी साधनलाई सुरक्षित स्थानमा होल्ड गराइएको डिएसपी नेपालले जानकारी दिएका छन्।
प्रतिक्रिया